कुनै पनि बहानामा चुनाव सर्दैनः अध्यक्ष खनाल

३ असोज । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर चार गतेको चुनाव कुनैपनि बहानामा पछि नसार्ने बताउनुभएको छ ।

अनेरास्ववियुको २१ औं महाधिवेशनमा अध्यक्ष खनालले मंसिर चारगतेको चुनाव कुनै पनि तागतले रोक्न नसक्ने बताउनुभएको हो । उच्चस्तरिय राजनीतिक समितिका संयोजक समेत रहेका अध्यक्ष खनालले केही चुनौती देखिएपनि संकट समाधानको एकमात्र विकल्प चुनाव भएकाले चुनाव नरोकिने जिकरि गर्नुभयो ।
अध्यक्ष खनालले चाडो संविधान जारी गर्न चुनाव आवश्यक भएको भन्दै चुनावको विरोधनमा नलाग्न सबै दललाई आग्रह गर्नुभयो । कानुनी राज, अराजक प्रवृत्तिबाट मुक्ति पाउन पनि समयमै चुनाव गनुृको विकल्प नभएकाले अध्यक्ष खनालले चुनावी प्रक्रियामा भाग लिन सबै असन्तुष्ट दलहरुलाई आग्रह समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...