इन्द्रजात्रा पर्व शुरु, बसन्तपुरमा लिङ्गो ठड्याइयो

३१ भदौ । काठमाडौंको बसन्तपुर दरबार अगाडि लिङ्गो ठड्याई औपचारिक रूपमा इन्द्रजात्रा पर्व शुरु गरिएको छ ।


सोमबार विहान ७ बजेर १५ मिनेटको शुभ साइतमा लिंगो उठाइएको हो । नेपाल संवत्को तिथि अनुसार योंलाथ्व द्वादशीको दिनमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा पर्व शुरु भएको मानिन्छ । भक्तपुर र काभ्रे जिल्लाको सीमानामा अवस्थित योसिंखेलबाट विधिपूर्वक पूजा गरेर ल्याइएको लिङ्गो भक्तपुरको सल्लाघारी, मध्यपुर थिमि, काटेश्वर, भोटाहिटि हुंदै गत शुक्रवार बसन्तपुर परिसर ल्याइ पु¥याइएको थियो ।
लिंगो गाडेको तेश्रो दिन जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी कान्तिपुरी नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । चौथौं दिन मरु गणेशस्थानबाट असनसम्म परिक्रमा गराइन्छ । इन्द्रजात्रालाई स्थानिय नेवार समुदायले आठ दिनसम्म मनाउछन । गत वर्ष उठाइएको लिङ्गो ढलेपनि यसपाली भने सामान्य रुपमै लिङ्गो उठाइएको छ । लिङ्गो ढलेमा अनिष्ट हुने जनविश्वास रहेको छ । पञ्चाङ्ग निर्णायक समितिवाट साइत जुराएपछि ९ महिना अघि नै पनौतिको सामुदायिक वनवाट लिङ्कोकालागी रुख छान्ने चलन छ । सोमबार उठाइएको लिङ्गो लडाएपछि इन्द्रजात्राको औपचारिक रुपमा समापन हुन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...