आयल निगमसँगको वार्ता निष्कर्षविहीन

३१ भदौ । नेपाल आयल निगम र १६ विद्यार्थी संगठनबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

निगमको बबरमहलस्थित कार्यालयमा आइतबार भएको वार्तामा निगमले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन नमानेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो । वार्तामा सहभागी कायममुकायम कार्यकारी निर्देशक सुरेश अग्रवालले विद्यार्थी संगठनका माग माथिल्लो निकायमा राखेपछि मात्र केही भन्न सकिने बताउनुभयो । विद्यार्थीहरू भने आफूहरूको माग तत्काल पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...