न्यूरोडका सुन पसलमा अनुगमन

१३ असोज । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलगायत अन्य सरकारी निकायले काठमाडौको न्यूरोडमा सञ्चालित सुन पसलमा अुनगमन गरेको छ ।

वाणिज्य विभाग, नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन लगायतले संयुक्त रुपमा न्यूरोडका नटराज ज्वेलरी, जयमाता दी गोल्ड प्यालेस, लक्की ज्वेलरी, बराह ज्वेलरीलगायतका सुन पसलमा अुनगमन गरेको हो । अनुगमनका क्रममा लक्की ज्वेलर्समा चाँदी मापनमा प्रयोग गरिने तराजुले नै सुन तौलने गरेको पाइएको छ भने बराह ज्वेलरीमा आईएसओ प्रमाणित नभई एनएस चिन्ह राखी सुन विक्री गरेको तथा ढक र तराजु बिग्रेको पाएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । अनुगमन गरिएका पसलबाट सुनको नमुना संकलन गरी नापतौल तथा गुणस्तर विभागमा परीक्षणका लागि पठाइने वाणिज्य विभागले जनाएको छ । अनुगमनका क्रममा तौल कम गरी सुन तौलन प्रयोग गरेका दुई वटा ढकसमेत बरामद गरिएको छ । अनुगमनका क्रममा दोषी पाइएकाहरुमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...