केसाङ औद्योगिक क्षेत्र सुचारु

१ असोज । दुई कोरियाबीचको सम्बन्धको प्रतिक मानिने केसाङ औद्योगीक क्षेत्र सुचारु भएको छ ।

कोरियाली प्रायद्वीपपमा तनाव चर्केपछि अमेरिका र दक्षिण कोरियासंग युद्धको अवस्था सिर्जना भएको भन्दै उत्तर कोरियाले ५ महिना अघि केसाङ औद्योगीक क्षेत्र बन्द गरिदिएको छ । उत्तर कोरियाली भूमिमा पर्ने दक्षिण कोरियाको लगानी रहेको केसाङ औद्योगीक क्षेत्र खुल्नेबारे सहमति भएपछि केसाङ औद्योगिक क्षेत्र पुनः सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्रमा उत्तर कोरियाका ५३ हजार कामदार कार्यरत छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...