शीर्ष दलको मनोमानी अन्त्यका लागि भए पनि चुनाव आवश्यकः थापा

६ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलको मनोमानी अन्त्य गर्न निर्धारित समयमै चुनाव हुनुपर्ने टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आइतबार भएको कार्यक्रममा अध्यक्ष थापाले निर्धारित समयमै चुनाव सम्पन्न गर्न सकिए मात्र चार दलको हैकमवादी चरित्र समाप्त हुने बताउनुभएको हो । उहाँले चार दलले आफू अनुकूल निर्णय गरेर लागू गर्ने चरित्रका चुनावको माहोल धमिलिएको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष थापाले मुलुकलाई संकटबाट मुक्त गर्नकै लागि असहमतिका बाबजुद आफूहरू चुनावमा जान तयार भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय धर्मसभा नेपाल, नेपाल राष्ट्रिय विकास पार्टी, ज्योतिष परिषद् नेपाल र जयसंगत संस्थालगायत राप्रपा नेपालमा गाभिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...