चुनावमा जनमुक्ति सेना उतार्ने धम्की

११ असोज । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले सरकारले सेना परिचालन गरेर आफूहरूलाई दवाउन खोजे एक लाख जनमुक्ति सेना सडकमा उतार्ने चेतावनी दिनुभएको छ ।

म्याग्दीको बेनीमा शुक्रबार राष्ट्रिय युवा जनस्वयं सेवकको जिल्ला सम्मेलन उद्घाटन गर्दै सचिव चन्दले संविधानसभा चुनावमा सेना परिचालन गरेर सरकारले मुलुकलाई जवरजस्ती द्वन्द्वतर्फ धकेन्न खोजेको भन्दै त्यसको प्रतिकार गर्न एकलाख जनमुक्ति सेना उतार्ने चेतावनी दिनुभएको हो ।

उहाँले संविधानको अन्तरवस्तुमा छलफल गर्न तयार भए सहमति हुने भन्दै त्यसका लागि आफुहरु वार्तामा बस्न तयार रहेको बताउनुभयो । सचिव चनदले सरकारमा सहभागिता, सरकार प्रमुखले प्रधानन्याधीश पदबाट राजिनामा र निर्वाचनको मिति सार्ने भन्दा अघिल्लो संविधानका विवादित विषयमा सहमति गरेर नयाँ संविधान बनाउने ग्यारेन्टी गर्नुपर्ने धारणा राख्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...