भारतीय प्रहरीको नेपालमा दादागीरी

२ असोज । भारतीय प्रहरीको टोली बुधबार बिहान साढे ६ बजे विनाअनुमति नेपाल प्रवेश गरेको छ ।

जिल्ला प्रहरी कार्यलय लखीनपुर खिरी भारतका डिएसपी सहित १४ जनाको टोली बर्दियाको गुलरियामा आएको हो । भारतिय प्रहरीको टोलीले गुलरिया– ८ का मञ्जुल कुमार श्रेष्ठको घरमा नेपाल प्रहरीको समन्वय विना छापा मारेको छ । भारतीय प्रहरीलाई हत्या गरेको अभियोगमा फरार रहेका मोना सरदार लुकेर बसेको आशंकामा भारतीय प्रहरीले छापा मारेको । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद धमलाले वताए । उनले टोली नेपालमा आएपछि वा आउनु पूर्व समन्वयय तथा कुनै जानकारी नगराएको वताए ।

डिएसपी उदय प्रताप सिंह नेतृत्वको भारतिय प्रहरीको टोली भारतीय नम्वर प्लेट यूपी ३१ जी ००४० नं. को गाडीमा आएको थियो । टोलीमा ७ जना वर्दीमा थिए भने ७ जना सादा पोशाकमा थिए । अन्र्तराष्ट्रिय मान्यता अनुसार कुनै अर्को देशमा दुई देशको प्रशासनिक समन्वय भए पनि छापा मार्न नपाईने प्रमुख जिल्ला अधिकारी मानवहादुर विकेले वताएका छन् । भारतिय प्रहरीको टोलीलाई जिल्ला प्रहरी कार्यलय बर्दियाले नियन्त्रणमा लिई सामान्य सोधपूछपछि छाडेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...