२६ भदौ । धनकुटाको मुलघाट र लाबारबोटेमा पहिरोले खानेपानीको मुहान र पाईप बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत शुक्रवार घण्टे खोला र लेउती खोलामा आएको बाढी र त्यसको आसपासमा आएको पहिरोले खानेपानीको पाईप बगाएको थियो । सो पहिराले लाबरबोटे र मुलघाटमा आपुर्ति हुने खानेपानीको ८ किलोमिटर पाईप बगाएको थियो ।
पाईप बगाएपछि १ सय ४७ घरपरिवार, सशस्त्र प्रहरीको बेसक्याम्प, प्रहरी चौकी र विश्रन्ति बृद्धआश्रममा खानेपानी अभाव भएको छ । नदीको धमिलो पानी छानेर पिउनु परेकाले स्थानीयबासी विरामी हुन थालेका छन् । सशस्त्र प्रहरीको बेस क्याम्पका १२ जना प्रहरी जवान समेत दुषित पानीकै कारण विरामी भएको बताईएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पहिरोले मुहान बगायो, धनकुटामा खानेपानीको हाहाकार
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment