साफ फुटबलः आज दुई खेल हुँदै, भारतबाट पनि विजयी सुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साफ फुटबलः आज दुई खेल हुँदै, भारतबाट पनि विजयी सुरुवात

Share This
१७ भदौ । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप अन्तर्गत सोमबार दुई वटा खेल हुँदै छन् ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा दिउसो सवा ३ बजे हुने खेलमा अफगानिस्तान र भूटान भिड्ने छन् भने साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने अर्को खेलमा माल्दिभ्स र श्रीलंका आमने सामने हुने छन् ।

पहिलो खेलमा अफगानिस्तानले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी भुटानको सामना गर्ने छ ।

समुह बीमा रहेको अफगानिस्तान सातौं साफको उपविजेता हो । हालसम्म अफगानिस्तान र भुटानबीच चारपटक प्रतिस्पर्धा भएको छ ।

अफगानिस्तानले हालसम्म चार खेलमा तीनवटामा जित र एउटामा हार व्यहोरेको छ ।
यसैगरी, माल्दिभ्स र श्रीलङकाबीच १७ पटक प्रतिष्पर्धा भएको छ । १७ खेलमा माल्दिभ्सले ६ जित, तीन हार र आठ बराबरीको नतिजा निकालेको छ ।

सन २००२ यता माल्दिभ्सले श्रीलङकासंग हार भोगेको छैन ।
गत संस्करणमा भारतसंग पराजित भएपछि माल्दिभ्स अन्तिम चारमा सीमित भएको थियो । यसअघि हिजो भएको खेलमा पाकिस्तानले दिएको आत्मघाती गोलको उपहारमा भारत एक शून्यले विजयी भएको थियो । नेपालले समूह चरणको दोस्रो खेलमा भोलि पाकिस्तानको सामना गर्ने छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here