दुग्ध विकास संस्थानमा भ्रष्टाचार भएको आरोप

१४ असोज । दुग्ध विकास संस्थान अन्तर्गतका कर्मचारी संगठनहरूले संस्थानमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

संस्थान अन्तर्गतका चारवटै कर्मचारी संगठनले सोमबार पत्रकार सम्मेलन गरी महाप्रबन्धक सियाराम प्रसाद सिंहले खुमलटारको जग्गा खरिदमा कुल खर्चभन्दा चार गुणा बढी रकम निकास गरेकोलगायतका आरोप लगाएका छन् । दुग्ध विकास संस्थान कर्मचारी संघका अध्यक्ष गणेशकुमार यादवले महाप्रबन्धक सिंह संस्थानको प्रगतिभन्दा व्यक्तिगत प्रगतिमा लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
अध्यक्ष यादवले महाप्रबन्धक सिंहले संस्थानमा गुट–उपगुट बनाएर कर्मचारीबीच द्वन्द्व श्रृजना गर्न खाजेकोसमेत आरोप लगाउनुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...