निर्वाचन पर्यबेक्षणका लागि ५१ संस्थालाई अनुमति

काठमाडौं, ८ असोज । निर्वाचन आयोगले दोस्रो संविधानसभा निर्वाचन पर्यबेक्षणका लागि ५१ संस्थालाई अनुमति दिएको छ ।

पर्यबेक्षणका लागि दिएका आवेदनको अन्तिम मुल्याङकन गर्दै आयोगले ५१ संस्थालाई अनुगमनको इजाजत दिने निर्णय गरेको हो ।

पर्यवेक्षणको अनुमति पाउँनेमा दुई अन्तर्राष्ट्रिय र ४९ राष्ट्रिय संस्था रहेका छन ।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर संस्थापक अध्यक्ष रहेको कार्टर सेन्टर र थाइल्याण्डको ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’ नाममा दुई अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण अनुमति पाएका छन । ५१ संस्थाका ७४ हजार दुई सय ७४ निर्वाचन पर्यबेक्षक खटिनेछन ।

अघिल्लो संविधानसभा निर्वाचनमा ६० हजार पर्यवेक्षकले निर्वाचन पर्यबेक्षण गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...