ब्राउन सुगरसहित एक जना पक्राउ

३ असोज । नेपालगञ्जमा लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा नेपालगन्ज नगरपालिका वडा नं.१२ बस्ने अरविन्द कुमार शर्मालाई ५० ग्राम लागु औषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी वरिष्ठ उपरीक्षक मधुप्रसाद पुडासैनीले ब्राउन सुगरसहित पक्राउ परेका अरविन्द कुमार शर्मा नेपालगन्ज मेडिकल कलेजमा प्रशासनिक अधिकृतसमेत रहेको बताउनुभयो । जिल्लामा पक्राउ परेको तथ्यांक अनुसार २०६८।६९ मा ३०१ ग्राम ४९२ मि. ग्राम ब्रावन सुगर, ४३ किलो ६०० ग्राम चरेश र ४ किलो ३५० ग्राम अफिन त्यसैगरी ६९।७० मा गाजा ९०२ ग्राम, ८५० मि। ग्राम ब्राउन सुगर,८२३ ग्राम ६३६ मि ग्राम अफिन बरामद गरिए जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...