सबै कम्युनिष्टहरुलाई एक हुन प्रचण्डको आग्रह

७ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्टहरूलाई एक हुन आग्रह गर्नुभएको छ ।

चितवनमा सोमबार ‘खम्वासिंह कुँवर अभिनन्दन’ कार्यक्रममा अध्यक्ष प्रचण्डले विकास, रूपान्तरण र परिवर्तनका लागि कम्यूनिष्टहरू एक हुनुपर्ने बताउनुभएको हो । उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा काम गर्न पनि कम्युनिष्ट पार्टी एक हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले असन्तुष्ट दलहरूलाई चुनावमा आउन पनि आग्रह गर्नुभयो । उहाँले ठूला बामपन्थी दलहरू सहकार्य गरेर चुनावमा गए दुई सय ४० सिट नै जित्ने दाबी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...