इराकमा बम विष्फोटबाट १५ जनाको ज्यान गयो

५ असोज । इराकको अल मफरकमा बम विस्फोटमा परी १५ जनाको मृत्युभएको छ ।

अल मफरकस्थित सुन्नीहरूको मस्जिदमा भएका दुई विस्फोटमा अन्य १७ घाइते भएका छन् । बिहानको प्राथना चलिरहेका बेला विस्फोट भएको अधिकारीहरूले जनाएका छन् । घटनाको जिम्मेवारी अहिले सम्म कसैले लिएको छैन । त्यस्तै, इराककै बाइजीस्थित प्रहरी मुख्यालयमा भएको आत्मघाती विस्फोटमा ६ सुरक्षाकर्मीको मृत्युभएको छ । तीन जनाले आत्मघाती विस्फोट गराएका थिए । अर्का एक जनाको सुरक्षाकर्मीसँगको भिडन्तमा मृत्युभएको अधिकारीहरूले जनाएका छन् । विस्फोटको जिम्मेवारी कसैले नलिए पनि सुन्नी मुसलमान विद्रोहीले आक्रमण गराएको हुन सक्ने सुरक्ष्ाँ अधिकारीको अनुमान छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...