आयल निगमका तीन उच्च अधिकारी पक्राउ (विज्ञप्ती सहित)

८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेश कुमार अग्रवालसहित तीन उच्च अधिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निर्देशक नागेन्द्र शाह, प्रबन्धकहरु कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्ले छन । निगमले ५ वर्षअघि भएको नाफाको बोनस हाल बाँढेकाले अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । ६५ सालमा निगम नाफामा भएका बेला अख्तियारले कुल सञ्चित मुनाफामा नपुगेसम्म बोनस वितरण नगर्न निर्देशन दिएको थियो ।

आयोगको निर्देशन अनुसार ६७ साल साउनमा बसेको निगमको बैठकले कुल सञ्चित नोक्सानीको पूर्ति गरी नाफामा नपुगेसम्म नाफा नबाँढ्ने निर्णय गरेको भएपनि ५ वर्षअघिको नाफाको बोनस हाल बाँढेको हो । यसैबीच सडक निर्माणका क्रममा ४० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले मंगलबारै जिल्ला विकास समिति महोत्तरीका इन्जिनियर विनोद ठाकुरसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

महोत्तरी जिल्ला विकास कार्यालयमा निमित्त स्थानीय विकास अधिकारीका रुपमा काम गर्दा इन्जिनियर ठाकुरले गत आर्थिक वर्षमा सडक निर्माणमा छुट्याइएको ४० लाख रुपैयाँ कार्यालयका नायब सुब्बा निलाम्बर मिश्र समेतको सहयोगमा उपभोक्ता समितिसँग मिलेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले मंगलबारै नवलपरासीको सुनवल–५ स्थित अमरौट रेञ्जपोष्ट अन्तर्गतको मधुवन मधुवन सामुदायिक वन क्षेत्रमा हरियो सालका ६३ वटा रुख काटिएको घटनामा अनियमितता भएको अभियोगमा जिल्ला वन अधिकृत सहित ६ जना कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिका ५ पदाधिकारीविरुद्ध पनि विशेष अदालतमा मुद्धा दायर गरेको छ । सालका हरिया रुख रुख कटानमा संलग्न जिल्ला वन अधिकृतसहित बर्दघाट इलाका वन कार्यालयका प्रमुख श्यामकुमार चौधरी, अमरौट रेञ्जपोष्टका सहायक वन अधिकृत डिल्लीराम चापागाई र वन रक्षकहरु सुरेन्द्रप्रसाद बानिया, महेन्द्रप्रसाद राजभर, हरिप्रसाद बानियाबाट ३६ लाख ५४ हजार रुपैयाँ बराबरको बिगो असुल्नुपर्ने अख्तियारको माग छ ।

विज्ञप्तीको पूर्ण अंश...

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...