चुनावमा अनेरास्ववियुले विद्यार्थी परिचालन गर्ने

१३ असोज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आसन्न संविधानसभा चुनावमा पार्टीलाई विजयी गराउन विद्यार्थी परिचालन गर्ने भएको छ ।

नवनिर्वाचित केन्द्रीय कमिटिले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरि मंसिर ४ गते हुने चुनावका लागि विद्यार्थी परिचालन गर्ने घोषणा गरेको हो । चुनावलाई सफल पार्न आफ्नो मातहतका सबै निकायमा क्रियाशील विद्यार्थीलाई चुनाव सम्पन्न नभएसम्म परिचालन गरिने अध्यक्ष किशोरविक्रम मल्लले बताउनुभयो ।

अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारीले आइतबारैदेखि संगठनभित्र देखिएका सबै प्रकारका गुटबन्दी समाप्त भएको सामूहिक घोषणा गरेका छन् । संगठनमा कुनै विवाद वा विरोध भएमा सामूहिक रुपमा बसेर हल गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाए । यही असोज ३ गतेदेखि काठमाडौंमा भएको अनेरास्ववियुको २१औं महाधिवेशनले एक सय ३५ सदस्यीय केन्द्रीय कमिटि चयन गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...