युरोपा लिगः स्वान्सीद्वारा भ्यालेन्सीया पराजित

४ असोज । युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गएरातिका खेलहरुमा इंग्लिस क्लवहरुले सुखद सुरुवात गरेका छन् ।

पहिलो पटक युरोपियन प्रतियोगिता खेलेको स्वान्सी सिटीले स्पेनको भ्यालेन्सीयालाई उसैको मैदानमा ३–० ले हरायो ।

स्वान्सीका जितमा विल्फ्रेड बोनी, मिचु र डे गुज्मनले एक–एक गोल गरे ।

गएराति अर्को इंग्लिस क्लव टोटनह्याम हटसपरले नर्वेको ट्रोम्सो एफसीलाई ३–० ले हरायो ।

टोटनह्यामका लागि जेमाईन डेफोले दुई तथा क्रिश्चियन एरिक्सनले एक गोल गरे । युरोपा लिगकै अर्को खेलमा इंगल्याण्डकै विगान एथ्लेटिकले बेल्जियमको जुल्टे वारेगेमसँग गोलरहित बराबरी खेलेको छ ।

प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न अन्य खेलहरुमा जर्मनीको आईन्ट्राच फ्रांकफर्ट, इटालीको फिरोरेन्टीना र लाजियो, रुसको रुबीन काजान र स्पेनको सेभिला विजयी भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...