लिम्बुवानद्धारा अरुण पूर्वका नौ जिल्ला बन्द

२४ भदौ । संघीय गणतान्त्रिक समाजबादी पार्टी लिम्बुवान राज्य समितिले आह्वान गरेको बन्दका कारण आज पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

चुनाव अगावै पूर्वका नौ जिल्लालाई समेटेर लिम्बुवान राज्य पुनस्र्थापना गर्नुपर्ने र गोलमेच सम्मेलनबाट समसामयिक राजनीतिक समस्याको निकास खोज्नुपर्ने लगायतका माग गर्दै समितिले बन्द आह्वान गरेको हो ।

यसबाट पूर्वका पांचथर, ताप्लेजुङ, ईलाम, झापा, धनकुटा, मोरङ, सुनसरी, तेह्रथुम र संखुवासभामा यातायात, बजार ठप्प बनेको छ । बन्दको कारण तीजमा माईत गई घर फर्किन लागेका महिला बढी प्रभावित भएका छन् भने ताप्लेजुङको पाथिभरा मन्दिर आएका विभिन्न जिल्लाका तिर्थयात्री पनि अलपत्र परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...