दाउरा बेचेरै भए पनि पढाईलाई निरन्तरा दिँदै विद्यार्थी

कृष्ण अविरल ।
आर्थिक समस्याका कारण जिल्लाका अधिकांश बालबालिका दाउरा बेचेर पढ्न बाध्य भएका छन् । कक्षा १० सम्मको शिक्षा निशुल्क भएपनि कापी कलम र कपडापातका लागि आर्थिक समस्या हुने भएपछि अधिकांश बालबालिका दाउरा बेचेर पढ््न बाध्य भएका हुन् ।

ती बालबालिकाले शुक्रबार दाउरा लिन जंगल जाने र शनिबार स्थानीय बजारमा विक्रि गर्ने गरेको जुकोट १ का देउले विकले बताउनु भएको छ । उमेरमा १४ वर्ष पुगेका विकले प्रत्येक शनिवार स्थानीय पीलुचोर बजारमा आएर दाउरा विक्रि गर्ने गरेको बताउनु भएको छ । ती बालबालिकाका लागि कुनै दिवस र बाल अधिकार केहो भन्ने अझै आभाष हुन सकेको छैन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि देउले विक जस्तै अन्य धेरै बालबालिका दारउा बेचेर, भारी बोकेर पढाई खर्च निकाल्ने गरेका छन् । यस्तो पीडा सहन बाध्य विपन्न र दलित समुदायका बालबालिका रहेको पाइएको छ । दाउरा बेचेर सदरमुकाम मार्तडी कोल्टी, पीलुचौर, बेलामाण्डौ लगाएतका स्थानीयको आसपासका बालबालिका पढाईखर्च चलाउने गरेको मदनराज जैशीले बताउनु भएको छ ।

बालबालिकाले एक देखि तीन घण्टाको पैदल बाटो हिडेर बजारमा दाउरा विक्रि गर्ने गरेका छन् । जसबाट २ सय देखि ३ सय सम्म आम्दानी गर्ने गरेको अभिभावकले बताउने गरेका छन् । गरिब तथा विपन्न समुदायका बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरिएपनि त्यसले प्राप्त् नहुने भएको आफुहरुले दाउरा बेच्नु भारी बोक्नु परेको बालबाबालिकाको भनाई छ ।

सदरमुकाम मार्तडी भित्रका ६० प्रतिशत बढी बालबालिकाले पनि दाउरा बेचेर, गिट्टी कुटेर, भारी बोकेर, होटेलमा भाडाँ माझेर पढ्नु परेको गोपाल विकले बताउनु भएको छ । आर्थिक विपन्नताकै कारण यहाँका अधिकांश बालबालिकाले कठोर संघर्ष गरेर शिक्षा आर्जन गर्नु परेको जिल्ला बाल अधिकार मञ्चका अध्यक्ष मुकुन्द्र जैशीले बताउनु भएको छ । जिल्लामा दलित, जनजाति र विपन्न समुदायका बालबालिका बाल अधिकार बाट वञ्चित हुन पुगेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...