जसरी भए पनि तोकिएकै समयमा चुनाव गर्नुपर्छः महामन्त्री सिंह

२४ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले सानातिना मतभेदलाई थाँती राखेर तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।


दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर सामुदायिक रेडियोको उद्घाटन गर्दै सिंहले एक दलले अर्को दलको आलोचना नगरी मंसिर ४ मै निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनको विरोधमा रहेका दलहरु पनि सहमतिमा आईसकेकाले अब मंसिर ४ मा हुने निर्वाचमा शंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...