हत्या र लुटपाटमा संलग्न एक गिरोह पक्राउ

७ असोज । सिरहा प्रहरीले हत्या र लुटपाटमा संलग्न एक समूहलाई हतियार सहित पक्राउ गरी सोमबार सार्वजानिक गरेको छ ।

सिरहाको अयोध्यानगर गाविस वडा नम्बर ९ स्थित गागन खोला किनारमा लुटपाटको योजना बनाउँदै गरेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा बस्तीपुर गाविस वडा नम्बर १ का महेश यादव, भवानीपुर गाविस वडा नम्बर ६ का रविन्द्र मण्डल, धनगढी गाविस वडा नम्बर १ का २२ वर्Èीय दीपेन्द्र महतो, सुरेन्द्र महतो, वीरेन्द्र महतो, रामप्रकाश महतो र पोखरभिण्डा गाविसका ३० वर्षीय दीपेन्द्र यादव छन् । प्रहरीले उनीहरूका साथबाट म्यागेजिन एक थान, स्वचालित पेस्तोल दुई थान, कटुवा पेस्तोल एक थान, गोली आठ थान, खुकुरी एक थान र मोबाइल चार थान बरामद् गरेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...