मासु पसलहरु मापदण्ड विपरीत सञ्चालन

२४ भदौ । नुवाकोटका अधिकांश मासु पसलहरु मापदण्ड विपरित सञ्चालन हुदै आएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला पशु सेवा कार्यालय नुवाकोट लगायतको टोलीले गरेको सयुक्त बजार अनुगमनमा अधिकांश पसलेहरुले न्युनतम मापदण्ड समेत पूरा नगरेको पाइएको हो । बजार अनुगमनमा अघिल्लो वर्ष भन्दा सामान्य सुधार आएपनि मापदण्ड अनुसार भने सञ्चालन नभएको भेटिएको हो । अनुगमनको क्रममा अधिकांश मासु पसलेहरुले साइनबोर्ड नराखेको, विभिन्न प्रजातीको मासुको मूल्य फरक–फरक रुपमा मूल्य सूचीमा उल्लेख नगरको, मासुको प्रकृति अनुसार छुट्टाछुट्टै नराखेको तथा सरसफाईमा चासो नदिएको अनुगमनमा भेटिएको छ ।

केही मासु पसलेहरुले पशुको बध गरेपछि उत्पन हुने फोहोरलाई त्रिशुली नदिमा नै मिसाउदै आएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा पाइएका कमजोरीहरुलाई १५ दिन भित्र सुधार गरेर जिल्ला प्रशासन कार्यालयमा प्रगती विवरण बुझाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...