अनेरास्ववियु महाधिवेशनमा चुनावी प्रक्रिया सुरु

६ असोज । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।


यसपटक अध्यक्षमा लक्ष्मण लम्साल, किशोर विक्रम मल्ल र नवराज पौडेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । अहिले मनोनयन दर्ता सुरु भइसकेको अनेरास्ववियुका एक नेताले जानकारी दिए ।

महासचिवमा लम्सालको प्यानलबाट नवीना लामा र मल्लको प्यानलबाट रचना खड्काले उम्मेद्वारी दिने बताइएको छ । काठमाडौंमा गत विहीबारदेखि सुरु भएको अनेरास्ववियुको २१ औं महाधिवेशनले १ सय ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । को कससंग प्यानल बनाउने भन्ने विषयमा विवाद भएपछि चुनावी प्रक्रिया लम्बिएको हो ।
पूर्व निर्धारित कार्यतालिका अनुसार महाधिवेश शनिबार नै सकिने भनिएपनि नेतृत्व चयन प्रक्रिया लम्बिँदा महाधिवेशन दुई दिन लम्बिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...