विद्यार्थी वेहोस हुन थाले

१४ असोज । तनहुँको व्यास नगरपालिका नेपालटारस्थित जनजुक्त शाही उच्च माविमा पढ्ने छात्राहरू बेहोस हुने क्रम नरोकिएपछि विद्यालय हाताभित्र सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ ।

पाँच महिनादेखि छात्राहरू बेहोस हुने क्रम नरोकिएपछि अभिभावकहरूको भेलाले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने निर्णय गरेको हो । जेठदेखि छात्राहरू बेहोस भएर ढल्दै आएका छन् । छात्राहरूलाई टाउको दुख्ने र रिंगटा लाग्ने गरेको जनाइएको छ । छात्राहरू ढल्ने क्रम नरोकिंदा पठनपाठन समेत प्रभावित भएको विद्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...