छिमेकीबीचको झडपमा ६ जना घाइते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

छिमेकीबीचको झडपमा ६ जना घाइते

Share This
२८ भदौ । सर्लाहीको मोहनपुरमा छिमेकीबीच भएको झडपमा ६ जना घाइते भएका छन् ।
जग्गाको सिमाना कायम गर्ने विषयमा छिमेकीबीच विवाद बढेपछि भएको झडपमा उनीहरू घाइते भएका हुन् । झडपमा मोहनपुर वडा नम्बर ८ का ५० वर्षीय अनवारुण राइन, ६० वर्षीय इस्लाम राइन, २१ वर्षीय आसमोहम्मद, ३५ वर्षीया अवास राइन, ४० वर्षीया तैरुण खातुन र २५ वर्षीया एक महिला घाइते भएका छन् । स्थानीय जित मन्सुरी, मोहन मुन्सुरी र जमिर मन्सुरीको आक्रमणबाट उनीहरू घाइते भएका हुन् । टाउको र जिउभरी चोट लागेको उनीहरूको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here