भेनेजुएलाको कारागारमा झडप, १६ कैदीको मृत्यु

२ असोज । भेनेजुएलाको माराकाइबोमा रहेको एक कारागारमा झडप हुँदा १६ जना कैदीको मृत्यु भएको छ ।

कैदीका दुई समूहबीच भएको झडपमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । झडपमा केहीको टाउकोसमेत काटिएको समाचारमा जनाइएको छ । झडपको कारण भने खुलेको छैन । भेनेजुयलाको सरकारले घटनाका विषयमा छानबिन गरिरहेको छ । करिब ८ सय जनाको क्षमता रहेको उक्त कारागारमा ४ हजारभन्दा बढी कैदीहरु राखिएको बताइएको छ । भेनेजुएलामा प्रत्येक वर्ष कारागारमा हुने झडपमा झण्डै पाँच सय जनाको मृत्यु हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...