मंसिरमा कुनै पनि हालतमा चुनाव हुँदैनः गुरुङ

३० भदौ । नेकपा–माओवादीका सचिव देव गुरुङले कुनै हालतमा मंसिरमा चुनाव हुन नसक्ने दाबी गर्नुभएको छ ।

काठमाडौमा भएको कार्यक्रममा सचिव गुरुङले मंसिरमा व्यावहारिक र प्राविधिक कारणले पनि चुनाव हुन नसक्ने दाबी गर्नुभयो । उहाँले चुनावमा सबै दललाई सहभागी गराउन चैतमा मिति सार्नुपर्ने बताउनुभयो ।सचिव गुरुङले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफूहरुले राखेका चारबुँदे प्रस्तावमा दलहरु सकारात्मक भएको भन्दै बाह्य शक्तिको प्रभाव नपरे सहमति हुने बताउनुभयो । उहाँले आफूहरु लचक भएर चुनावमा सहभागी हुन नै चारबुँदे प्रस्ताव गरेको भन्दै सहमति नभए चार दलले माफी नपाउने जिकीर गर्नुभयो । वार्ता, सम्वाद र छलफलसँगै चुनाव बहिष्कारको आन्दोलन पनि जारी राख्ने सचिव गुरुङले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...