सिरियामाथिको कारबाहीले नयाँ आतंकबादलाई प्रश्रय दिन्छः पुटिन

२८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथी सैनिक आक्रमण गरे त्यसले नयाँ आतंकबादलाई प्रश्रय दिने बताएका छन् ।

अमेरिकाको न्यूर्योक टाइम्स पत्रिकामा प्रकाशित लेखमार्पmत उनले अमेरिकी जनता समक्ष सिरियामाथीको सैनिक कारवाहीको नकारात्मक प्रभावका विषयमा जानकारी दिएका छन् । उनले अमेरिकाले सिरियामाथी आक्रमण गरे अन्तराष्ट्रिय क्षेत्रमा अमेरिकाको नकारात्मक छवी विकास हुने बताएका छन् । पुटिनले सिरियाका विषयमा जारी घटनाक्रमले आफुलाइ अमेरिकी जनता र नेताहरुसँग प्रत्यक्ष कुराकानी गर्न बाध्य गराएको पनि बताएका छन् । उनले राष्ट्रसंघ सुरक्षापरिषदको अनुमति बिना सिरियामाथी कुनै पनि प्रकारको कारवाही नगर्न अमेरिकालाइ सुझाव दिएका छन् । अमेरिकाले यस्तो कदम चाले राष्ट्रसंघ प्रतिको विश्वास नरहने रुसी राष्ट्रपति पुटिनले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...