मूल्यवृद्धिको विरोध जारी, पेट्रोलको हाहाकार

१ असोज । मूल्यवृद्धिको विरोधमा नौ विद्यार्थी संगठनले आह्वान गरेको पेट्रोल पम्प बन्दका कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

विद्यार्थीहरूले पेट्रोलियम पदार्थकोे मूल्यवृद्धि फिर्ताको माग गर्दै तीनदिन पेट्रोलपम्प बन्दको आह्वान गरेका हुन् । नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी), नेकपा–माओवादीसम्बद्ध विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द आह्वान गरेका हुन् ।
पम्प बन्द भएपछि पेट्रोलको कालोबजारीसमेत बढेको छ । सडक पेटीदेखि किराना पसलसम्म मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोल महँगो मूल्य तिरेर किन्न सर्वसाधारण बाध्य बनेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...