४४ करोड रुपैयाँ बराबरको यार्सागुम्बा ढुवानी

८ असोज ।बझाङका विभिन्न स्थानबाट सङकलन गरिएको झण्डै ४४ करोड रूपैयाँको यार्सागुम्बा मंगलबार हवाईजहाजमार्फत नेपालगञ्ज ढुवानी भएको छ ।

व्यापारीहरूले दुई क्विन्टल ७४ किलोग्राम यार्सा हवाइजहाज चार्टर गरी नेपालगञ्ज लगेका हुन् । स्थानीय १६ व्यापारी मिलेर यार्सा चार्टर गरेका थिए । बझाङ सदरमुकाम चैनपुरबाट नेपालगञ्ज लैजान र्हवाइजहाज चार्टरवापत एक लाख ७० हजार रूपैया खर्च भएको व्यापारीहरूले जनाएका छन् । एक पटकमा यतिधेरै यार्सा ढुवानी भएको यो पहिलो पटक हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...