समानुपातिक व्यवस्थाले विकृति बढ्योः नेपाल

१२ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनावमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले विकृति फैलिन थालेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा नेता नेपालले जनताबाट अनुमोदन हुन नपर्ने प्रावधान लोकतन्त्र विपरीत हुने भन्दै समानुपातिक प्रतिनिधित्वको व्यवस्था उचित नभएको बताउनुभएको हो । उहाँले प्रत्यक्ष निर्वाचित प्रतिनिधिले मात्र जनताको पक्षमा काम गर्न सक्ने जिकिर गर्नुभयो ।
मंसिर चारको चुनाव कुनै पनि हालतमा नसर्ने भन्दै नेता नेपालले तयारीमा जुट्न सबैलाई आगं्रह पनि गर्नुभयो । उहाँले संकट समाधानको एकमात्र विकल्प चुनाव भएको भन्दै लोकतन्त्र र राजनीतिक परिवर्तन संस्थागत गर्न चुनाव अपरिहार्य भएको बताउनुभयो । कार्यक्रममा नेता लालबाबु पण्डितले पार्टीले तय गर्ने उम्मेदवारलाई जिताउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...