आशारामलाई थप १४ दिन हिरासतमा राख्न आदेश

३१ भदौ । भारतमा नाबालिग किशोरीमाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका आशाराम बाप्पुलाई जोधपुरको अदालतले थप १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । यसअघि अदालतले आशारामका वकिललहरुको दाबी खारेज गर्दै जमानत याचिका खारिज गरेको थियो ।

इन्दौरमा पक्राउ परेका उनलाई प्रहरीले जोधपुर जेल चलान गरेको थियो । यसपछि आज अदालतमा पेश गरिएका आशारामलाई सेप्टेम्बर ३० तारिखसम्म न्यायिक हिरासतमा राख्न आदेश दिइएको अन्राष्ट्रिय संचार संस्थाले जनाएको छ ।

आशारामसँगै उनका सहयोगी शिवाको हिरासतको समयावधी पनि अदालतले बढाएको छ । आशारामका वकिलहरुले उनीमाथि लगाएको आरोप झुठो भएको जिकिर गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...