पाल्पाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित

७ असोज । पाल्पाका किसानहरू अन्नबाली छोडेर तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

कम मेहेनतमा धेरै आम्दानी हुने र बजारसमेत राम्रो भएकाले किसानहरू खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् । पाल्पाका देउराली, कुसुमखोला, मुझुङ, पालुङ्मैनादी, चिदीपानीलगायतका गाविसका किसानले डल्ले खुर्सानीको व्यावसायिक खेती गरेर प्रशस्त आम्दानी गरेका छन् । खुर्सानी प्रति किलोग्राम एक सयदेखि एक सय ५० रूपैयॉसम्म बिक्री हुने गरेको किसानहरू बताउँछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...