सोमालियामा भएको कार बम विष्फोटमा ११ जनाको मृत्यु

२२ भदौ । सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विष्फोटमा ११ जनाको मृत्यु भएको छ ।

राजधानी मोगासदिसुको व्यापारिक केन्द्रमा सरकारी अधिकारीहरुका सवारी साधनलाई लक्षित गर्दे विष्फोट गराइएको सोमालिया प्रहरीले बताएको छ । गत महिना समेत मोगादिसुमा बन्दुकधारीले एक अदालतमा आक्रमण गर्दा ११ सुरक्षाकर्मीको मृत्यु भएको थियो । सोमालियामा अलकायदा बिद्रोही समुहले आक्रमण गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...