स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोमा विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोमा विजयी

Share This
१७ भदौ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भ्यालेन्सियालाई दुईका विरुद्ध तीन गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागी अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए । बासिर्लोनाले खेलको ११ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । खेलको ३९ औं मिनेटमा सेस प्र्mयाब्रिगासको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । ४१ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारको पासमा गोल गर्दै मेस्सीले यो सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । भ्यालेन्सियाका लागि खेलको ४५ औ मिनेटमा हेल्डर पोस्टिगाले गोल गर्दै खेललाई तीन–एकको स्थितिमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी टाइममा पाएको कर्नरमा आएको बलमा पोस्टिगाले हेडमार्फत दोस्रो गोल गरेपछि भ्यालेन्सियाले बासिर्लोनाको अग्रता ३–२ मा झा¥यो ।

यो जीतसँगै बार्सिलोनाले ९ अंक बनाएको छ । त्यस्तै, गएराति नै भएको अर्को खेलमा रियल म्याड्रिडले एथलेटीको बिल्बाओलाई तीन–एक गोलअन्तरले पराजित गरेको छ । रियल म्याड्रिडलाई जित दिलाउन खेलको २६ औं र ७२ औं मिनेटमा इस्कोले दुई तथा ४५औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले एक गोल गरेका थिए । ७९ औं मिनेटमा एथलेटीको बिल्बाओका आइबाईले एक मात्र सान्त्वना गोल फर्काए । यस्तै इस्पानियोल र रियल बेटिस बीचको खेल गोलरहित बराबरीमा सकियो भने सेभिल्लाले मालागालाई दुई—दुई गोलको बराबरीमा रोक्न सफल भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here