तोकिएकै मितिमा चुनाव सम्पन्न हुने भट्टराईको दाबी

१ असोज । एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले तोकिएकै मितिमा चुनाव हुने दाबी गर्नुभएको छ ।

जनकपुर विमानस्थलमा सोमबार संचारकर्मीहरूसँग कुरा गर्दै नेता भटट्राइले मंसिर ४ मै चुनाव हुने दाबी गर्नुभएको हो । उहाँले निर्वाचन आयोग, सरकार तथा जनता चुनावको तयारीमा जुटिसकेकाले मिति हेरफेर हुनै नसक्ने जिकिर गर्नुभयो ।

। नेता भट्टराईले कसैले दबाब दिएकै भरमा चुनावको मिति सार्न नसक्ने भन्दै असन्तुष्ट राजनीतिक दलहरू पनि मसिर ४ गतेकै मितिमा सहभागी बन्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै नेकपा–माओवादी चुनावमा सहभागी भए मिति हेरफेर गर्न सकिने बताइरहेका बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...