‘औद्योगिक व्यावसायिक ऐन’ ल्याउने तयारी

१४ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले ‘औद्योगिक व्यावसायिक ऐन’ ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाउनुभएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको २६ औ वार्षिकोत्सवमा अर्थमन्त्री कोइरालाले औद्योगिक क्षेत्रको विकासका लागि अध्यादेशमार्फत ऐन ल्याउने तयारी गरेको जानकारी दिनुभएको हो । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले औद्यँेगिक क्षेत्र विकासका लागि पूर्वलडाकु बसेका चार वटा शिविरको जग्गालाई सरकारी स्वामित्वमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले नेपालमा आयात र निर्यातबीच ठूलो खाडल रहेकाले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । कर्मचारीहरूले लिमिटेडमा लामो समयदेखि रिक्त महाप्रबन्धक र सञ्चालक समिति अध्यक्ष तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका थिए । कार्यक्रममा लिमिटेड अन्तर्गतका २० वटा उद्योग तथा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...