सडक किनाराका रिक्सा हटाउँन खोज्दा तनाब - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सडक किनाराका रिक्सा हटाउँन खोज्दा तनाब

Share This
१७ भदौ । सडकमा जथाभावी राखिएका रिक्सा व्यवसायीलाई हटाउने प्रयास गर्दा सोमबार बिहान उदयपुर सदरमुकाम गाईघाट केहीबेर तनावग्रस्त बन्यो ।
सडक छेउमा पार्किङ गरेका रिक्साले दुर्घटना बढाएको तथा पसलेहरु मर्कामा परेको भन्दै घरधनी र व्यापारीहरुले रिक्सा हटाउने प्रयास गरेपछि गाईघाट बजार तनावपूर्ण बनेको हो । यसअघि नगरपालिकाले जथाभावी रिक्सा पार्किङ नगर्न १५ दिने सूचना जारी गरे पनि रिक्सा चालकहरुले अटेर गर्दै आएका थिए । घरधनी र व्यापारीहरुले रिक्सा हटाउने प्रयास गरेपछि रिक्सा व्यवसायी र चालकहरुले सडक अवरुद्ध गरेर प्रतिकार गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here