साफ फुटबलमा अफगानिस्तान र माल्दिभ्स सेमीफाइनलमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

साफ फुटबलमा अफगानिस्तान र माल्दिभ्स सेमीफाइनलमा प्रवेश

Share This
१९ भदौ । जारी आठौ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत अफगानिस्तान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको पहिलो खेलमा अफगानिस्तालने श्रीलंकालाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको ३६ औ मिनेटमा श्रीलंकाका लागी मोहमेद फाजलले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म अफगानिस्तान श्रीलंका भन्दा एक—शुन्य गोल अन्तरले पछाडी परेको थियो ।

खेलको ५३ औ मिनेटमा अफगानिस्तानले पाएको पेनाल्टी श्रीलंका गोल रक्षकले बचाएका थिए । ६२ औ मिनेटमा अफगानिस्तानका मोहमद राफीले पहिलो गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ७६ औ मिनेटमा हारोन फाकरुद्धिनले ३० यार्डबाट गोल गरे । एक पक्षिय रहेको खेलको ८६ औ मिनेटमा हस्मातुल्लाह एम डि जानले गोल गरेपछि श्रीलंका स्तब्ध भएको थियो । यस अधि सम्पन्न भएको पहिलो अफगानिस्तानले भुटानलई शुन्यका विरुद्ध तिन गोल अन्तरले पराजित गरेको थियो । अब समुह चरणको अन्तिम खेलमा अफगानिस्तानले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।

त्यस्तै, आज साझ दशरथ रंगशालामा भएको अर्को खेलमा माल्दिभ्सले भुटानलाई दुईका विरुद्ध ८ गोल अन्तरले पराजित गर्न सफल भएको हो । माल्दिभ्सका लागी माल्दिभ्सका लागी अलि अस्फाक्युले चार, अलि फासिरले दुई तथा अलि उमर र मोहम्मद अमयरले समान एक—एक गोल गरेका थिए । यता भुटानका लागी पासाङग र चेन्चो गेल्टसेनले एक—एक गोल गरेका थिए । जितपछि अफगनिस्तान र माल्दिभ्सले समान ६—६ अंक बनाएको छ । प्रतियोगिता अन्तर्गत भोली नेपालले भारतको तथा पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here