नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबाट उपत्यका बन्द

२७ भदौ । नेकपा–माओवादीसहितका ३३ दलीय मोर्चाले उपत्यकालगायत पूर्व नेपाल बन्द गरेको छ ।

उच्चस्तरीय राजनीतिक समिति राष्ट्रिय सहमतिका लागि गम्भीर नभएको भन्दै मोर्चाले बन्द गरेको हो । मोर्चाले उपत्यकाका साथै पूर्व नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरमा बन्दको आह्वान गरेको छ । त्यस्तै, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरीमा पनि बन्द आह्वान छ । बिहानैदेखि बन्दको प्रभाव परेको छ । बन्दकर्ताले ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । बन्द अप्रिय घटना हुन नदिन बिहानैदेखि चोक–चोकमा प्रहरी तैनाथ गरिएको छ । प्रमुख दलले गोलमेच सम्मेलन अस्वीकार गरेर वार्ता भंग गरी एकलौटी रूपमा अघि बढ्न खोजेको ३३ दलीय मोर्चाको आरोप छ । मोर्चाले राजनीतिक निकासका लागि सर्वदलीय गोलमेच सम्मेलन, सरकार परिवर्तनलगायतका माग रँख्दै आएको छ । यसैबीच, बन्द साँझ पाँच बजेसम्म रहने ३३ दलले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...