औषधी ढुवानीमा सरोकारबालाको गम्भीर लापरबाही

असोज । जाजरकोटका बिरामीका लागि निःशुल्क वितरण हुने औषधीको म्याद बाटोमै गुज्रिएको छ ।

साल्बोटामोल ५० हजार ट्याबलेट, २० हजार अल्बेन्डाजोल, ३ पेटी सिरफ सिटामोल, ७ सय आरएल स्लाइन, २ पेटी स्क्याबिज लोसन, ३ पेटी जीवनजललगायत २७ कार्टुन अतिआवश्यक औषधीको म्याद बाटामै गुज्रिएको हो । सम्बन्धित निकायको लापरबाहीले १८ लाख मूल्य बराबरको औषधी सुर्खेतको राकम बजारको एक होटलमा थन्काएर राख्दा म्याद गुज्रिएको छ ।

सरकारले निःशुल्क वितरण गर्न बाराबाट पठाएको औषधी सुर्खेतमा लामो समय थन्काएर राखिएको थियो । औषधी समयमै ढुवानी नगर्दा जाजरकोटवासी निःशुल्क औषधी पाउनबाट वञ्चित भएका छन् । दम, झाडापखाला, लुतो, भाइरल ज्वरोलगायत रोगका औषधी १५ महिनाअघिबाट छिन्चु–जाजरकोट सडकअन्र्तगत पर्ने राकम बजारमा अलपत्र छाडिएको थियो ।

एक हजार भाडा दिने सर्तमा औषधी राखिए पनि कोही पनि लिन नआएको होटल सञ्चालक पुष्पा बुढाले बताउनुभयो । यसैबीच, औषधी कसले र कहाँबाट ल्याएर राखेको भन्ने आफूलाई कुनै जानकारी नभएको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...