नेकपा–माओवादी निकट कार्यकर्ताबाट तोडफोड

१ असोज । नेकपा–माओवादीको भातृ संगठन अखिल नेपाल चलचित्रकर्मी संघले नेपाल केबल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड गरेको छ ।

गौतम बुद्ध भारतमा जन्मिएको भन्ने गलत सूचना प्रवाह गर्ने भारतीय टेलिभिजन जीटीभी बन्द गर्न गरेको आग्रहलाई अटेर गरेको भन्दै संघले केबल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड गरेको हो ।

साढे १२ बजेतिर करिब १९–२० जनाको समूह आएको नेकपा–माओवादी कार्यकर्ताले कार्यालय तोडफोड गरेको महासंघले जनाएको छ । तोडफोडबाट टेलिभिजन सेट, कम्प्यूटर, प्रिन्टरलगायत गरी झण्डै दुई लाख रूपैयाँको क्षति भएको महासंघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...