पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोध जारी

९ असोज ।पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध १६ विद्यार्थी संगठनले बुधबार देशभरका क्याम्पस अगाडि प्रर्दशन गरेका छन् ।


उनीहरुले बिहान २ घण्टा देशभरका क्याम्पस अगाडि प्रर्दशन गरी सवारी साधन गुड्न दिएनन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै १६ विद्यार्थी संगठनले बुधबारबाट दोस्रो चरणको आन्दोलनका सुरु गरेका हुन ।


उनीहरुले असोज १० गते आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने र ११ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । निगमले हालै पेट्रोलमा प्रतिलिटर ५ रुपयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर ३(३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...