द्वन्द्व अन्त्य हुने निश्चित भए सत्ता त्याग्न तयार

१४ असोज । सिरियाली राष्ट्रपति बसर अल असदले सिरियाको द्वन्द्व अन्त्य हुने निश्चित भए सत्ता त्याग्न तयार रहेको बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तवार्तामा राष्ट्रपति असदले द्वन्द्व अन्त्य हुने निश्चित भए मात्र सत्तँ त्याग्ने भन्दै मुलुकलाई संक्रमणको अवस्थामा छाड्न नसक्ने बताएका हुन् । उनले सिरियामा रासायनिक हतियार नष्ट गर्न संयुक्त राष्ट्रसंघबाट आउने टोलीको सुरक्षा गर्न तयार रहेको पनि बताए । अन्तरवार्ताका क्रममा उनले हतियार नष्ट गर्न आउने टोलीलाई हतियारको विवरण दिनुपर्ने सरकारको दायित्व रहे पनि हतियारको भण्डारसम्म पुग्न विद्रोहीले अप्ठेरो पार्न सक्ने दाबी गरे । राष्ट्रपति असदले विद्रोहीले आफूसँग रहेको हतियार त्यागे वार्ता गर्न तयार रहेको पनि बताए । तर, अलकायदा सम्बद्ध र विदेशी शक्तिलाई सिरियामा प्रवेश दिनुपर्ने विद्रोहीको शर्त मान्न तयार नभएको राष्ट्रपति असदले स्पष्ट पारेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...