लागु औषधसहित सात जना पक्राउ - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

लागु औषधसहित सात जना पक्राउ

Share This
१६ भदौ । प्रहरीले विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित सात जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट हेरोइन, चरेश र फर्मास्युटिकल ड्रग्स सहित सातजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा वीरगञ्जका वीरेन्द्रकुमार क्षेत्री, धीरेन्द्रकुमार क्षेत्री, दाङका नारायण श्रेष्ठ, पूजा नेपाली, रुकुमकी सरीता बुढा र धादिङ्की चमेली कार्की छन् । प्रहरीले यिनीहरुको साथबाट १ सय १ किलोग्राम चरेश, ब्रुपिनर्फिन र डाईजेपाम गरी १६ सय पिस र दुईसय ग्राम हेरोईन बरामद् गरेको छ । बरामद् भएको लागूऔषध ५० लाख रुपैयाँभन्दा बढी मुल्य रहेको प्रहरीले बताएको छ । पक्राउ परेका वीरेन्द्रकुमार क्षेत्री १२ बर्ष देखि लागूऔषध तस्करीमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी यस अघि पनि दुईबर्ष जेल बसिसकेका व्यक्ति हुन् । पछिल्लो समयमा काठमाडौं उपत्यकामा अबैध रुपमा विक्री हुने फर्मास्युटिक ड्रग्स मध्ये ६५ प्रतिशत भन्दा बढी हिस्सा क्षेत्रीकै रहेको प्रहरीको दावी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here