महिला सडकमा उत्रिएपछि एमाओवादीको बन्द फिर्ता

२२ भदौ । द्वन्द्वकालको घटना ब्युताउन खोजेको भन्दै एकीकृत माओवादीले मध्याह्नसम्म काठमाडौं, चितवन र गोरखा तीन जिल्ला बन्द गरेको थियो ।


बन्दको विरुद्धमा महिलाहरु नै ठाउँठाउँमा उत्रिएपछि माओवादीले दिउँसो १२ बजेदेखि बन्द फिर्ता भएको हो । एमाओवादी नेता अग्नी सापकोटाले महिलाहरुको चाडलाई हेरेर बन्द खुलाइएको जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईले धनगढीबाटै आदेश दिएअनुसार विहानैदेखि बन्द गर्न कार्यकर्ता सडकमा उत्रिएका थिए । एक्कासी बिहानै बन्दमा उत्रँदा सर्वसाधारण मारमा परेका थिए । राजधानी काठमाडौंसहित चितवन र गोरखा जिल्लामा गाडी सञ्चालनमा अवरोध गरिएको थियो ।

बन्दका कारण तीजका लागि विभिन्न स्थानमा जानुपर्ने महिलाहरु बढी मारमा परे । चाडबाडका दिन बन्द गराएको भन्दै काठमाडौंको कलंकीलगायत स्थानमा महिलाहरु विरोधमासमेत उत्रिए । आफ्ना अपराधी कार्यकर्ता जोगाउने नाममा सर्वसाधारण माथि बिना कारण बन्द थोपरिएको भन्दै महिलाहरु चोकचोकबाट विरोधमा उत्रेका हुन् ।

विरोधमा उत्रने महिलाहरुमाथि माओवादी कार्यकर्ता जाइ लागेका थिए । त्यसक्रममा प्रहरीले हस्तक्षेपसमेत गर्नुप¥यो । पक्राउ गरिएका कार्यकर्तालाई विना शर्त छाड्नुपर्ने माओवादीको माग छ । कृष्णप्रसाद अधिकारीको हत्या द्वन्द्वका समयमा गरिएकाले प्रहरीले अहिले पक्रने नहुने तर्क माओवादीको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...