२५ भदौ । तनहुँका अधिकांस स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभावमा सर्वसाधारणले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
जिल्लामा कुल दरवन्दीमध्ये ६९ पद खालि हुँदा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन कठिनाई भएको तनहुँका जनस्वास्थ्य प्रमुख डाक्टर विबेक कुमार लालले बताउनु भयो ।
उहाँले करारमा राखिएका स्वाश्थयकर्मीको म्याद सकिएपछि उनीहरु फिर्ता गएको र नयाँ नआएकाले सेवा दिन कठिनाई भएको बताउनुभयो । जिल्लामा हाल दुई सरकारी अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, २६ होल्थपोष्ट, १९ वटा सवहोल्थ पोष्ट गरी ४९ वटा स्वास्थ्य संस्था छन् ।
यी स्वास्थ्य संस्थामा २ सय ४९ स्वास्थ्यकर्मीको दरवन्दी मध्ये ६९ पद खाली छन् । जिल्लाका ६० प्रतिशत जनताले स्थानीय स्तरमै स्वास्थ्य सेवा लिइरहे पनि पछिल्लो समय जनशक्ति अभावका कारण सेवा प्रभावित बनेको हो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

स्वास्थ्यकर्मीको अभावमा विरामीहरु मर्कामा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment