अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी न्यूयोर्क जाँदै

१० असोज । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ ।


उहाँ राति साढे ९ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । न्यूयोर्क जानुअघि राष्ट्रपति डा. रामवरण यादवसँग भेट्ने कार्यक्रम रहेकोछ ।
भेटमा न्यूयोर्क भ्रमण र चुनावी तयारीको विषयमा छलफल हुने रेग्मीको निजी सचिवालयले जनाएको छ । राष्ट्रपतिसँग भेट लगत्तै मन्त्रिपरिषद बैठक बस्दैछ । रेग्मीले शनिबार १२ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
निर्वाचन तयारीका चुनौतीलाई बेवास्ता गर्दै अमेरिका भ्रमणमा जान लागेको भन्दै उहाँको आलोचना हुँदै आएको छ । रेग्मी १५ गते स्वदेश फर्कनुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...