१९ भदौ । व्यवसायी रंगलाल अग्रवालको हत्याको विरोधमा सर्लाही सदरमुकाम मलंगवा सात दिनदेखि बन्द हुँदा जनजीवन कष्टकर बनेको छ ।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ सर्लाहीले अनिश्चतकालिन मलंगवा बन्द गराएपछि जनजीवन कष्टकर बनेको हो । पीडित परिवारले मंगलबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी सहितको जाहेरी दर्ता गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको बताएका छन् ।
मृतक अग्रवालका छोरा रविले स्थानीय पाँच व्यापारीको नाम तोकेर जाहेरी दर्ता गराए पनि प्रहरीले बेवास्ता गरेको गुनासो गर्नुभयो । यता, अग्रवाल हत्याको अनुसन्धान ७५ प्रतिशत सकिएको जनकपुर अञ्चल प्रहरी प्रमुख एसएसपी शिव लामिछानेले जानकारी दिनुभएकोछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सर्लाहीको सदरमुकाम सात दिन देखि बन्द हुँदा जनजीवन कष्टकर
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment